खोज तलास खबर, जनकपुरधाम ! नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ।
ग्यासको मूल्य २३५ रुपैयाँले बढेको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको आयल निगमले जनाएको छ ।
निगम संचालन समितिको बिहीबारको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
प्रतिक्रिया