खोज तलास खबर, जनकपुरधाम ! नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ ।
आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।
मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ ।
लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरु भए पनि निर्वाचनमार्फत नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।
प्रतिक्रिया