धनुषामा आरकेस्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास

धनुषाको कमला नगरपालिका–१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्टमी मेलामा आरकेस्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास भएको हो ।

 

शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका आयोजकलाई केही युवाहरूले बीच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ

डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीन जना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा निर्घात कुटपिट भएको हो । कुटपिटबाट सिराहाका रवीन्द्र राम,  दीपेन्द्र यादव र लभकुमार महरा सख्त घाइते भएका छन् । आफूहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरूले बताएका छन् ।

 

आक्रमणकारीहरूले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैयाँ नगद लगायतका सामान लुटेर भागेको घाइतेहरूले बताएका छन् ।

 

घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको विजय यादव सहित ५–६  जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । तीनै जनालाई पाइटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ ।

 

इलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार