
खोज तलास खबर, जनकपुरधाम ! बुधबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य घटेको जानकारी दिँदै सुन प्रतितोला ८०० रुपैयाँले घटेको जनाएको हो ।
आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया