कीर्तिमानी क्रिकेटर कुशल र दीपेन्द्रलाई दुई-दुई लाख नगदसहित सम्मान गर्ने रोयल ब्लूको घोषणा

खोज तलास खबर, जनकपुरधाम ! एसियन गेम्समा नेपालका लागि विश्व कीर्तिमानी प्रदर्शन गरेका क्रिकेटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई रोयल ब्लूले दुई-दुई लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ।

 

बुधबार भएको मंगोलियाविरुद्धको खेलमा मल्ल र ऐरीको उत्कृष्ट प्रद्धर्शनको मद्दतले नेपालले २ सय ७३ रनको विशाल जित हाँसिल गरेको थियो।

 

उक्त खेलमा कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा अविस्मरणीय इनिङ्स समावेश थियो जसले छोटो बलमा विश्व कीर्तिमान तोड्ने अर्धशतक बनाएको थियो भने दीपेन्द्र सिंह ऐरीको ब्लिट्जक्रेग इनिङ्सले १० बलमा अविजित ५२ रन बनाएको थियो।

 

नेपालका अलराउण्डर कुशल मल्लले टी-२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन्। उनले ३४ बलमा ६ चौका र ९ छक्का मद्दतले शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन्।

 

त्यस्तै, दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए। उनले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका हुन्।

 

दुवै खेलाडीले क्रिकेट कौशलको असाधारण प्रदर्शन गरेको भन्दै रोयल ब्लूले उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न लागेको जनाएको हो । विश्वभरका फ्यानहरूको मन जित्ने प्रदर्शन गर्दै कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले क्रिकेट संसारमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ।

 

उत्कृष्टता र ‘परफेक्टली स्मूथ’ उत्पादनहरूप्रति प्रतिवद्धताका लागि चिनिने ब्रान्ड ‘रोयल ब्लु’ले खेलाडीको अविश्वसनीय उपलब्धिहरूको कदरस्वरूप कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई नगद सम्मान गर्न पाउँदा हर्षित भएको जनाएको छ।

 

पुरस्कार घोषणा पछि रोयल ब्लूका ब्रान्ड हेड ऋतिक शाहीले कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेका असाधारण उपलब्धिहरूका लागि अत्यन्तै गर्वित बनेको र उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपाली क्रिकेटको महिमा मात्र नबढाई क्रिकेट उत्साहीहरूको एक पुस्तालाई नै प्रेरित गरेको बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार