
भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
खोज तलास खबर, जनकपुरधाम ! चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिइको हो ।
प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालबिरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो ।टस जितेर पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाउन सफल भएको हो ।
सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेकाे छ । जुन खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजेवाट सुरु भएकाे हाे ।
एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा भइरहेकाे हाे ।
प्रतिक्रिया