अफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले हरायो

विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले पराजित गरेको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमार २८३ रन बनाएको थियो । अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३/३ विकेट लिए भने मोहम्मद नाबीले २ र फजलहक आरुकी र नवीन उलहकले १/१ विकेट लिए ।

World Cup 2023, ENG vs AFG Highlights: Afghanistan beat England by 69 runs  - India Today

इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०/१० रनको योगदान गरे ।

अफगानिस्तानका लागि रहमुल्लाह गुर्बाजले ८०, इक्राम अलिखिलले ५८, इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८, रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार