मदिनामा भएको दुःखद घटनामा ८ तीर्थयात्रीको मृत्यु, ४३ घाइते

मदिना राजमार्गमा बस पल्टिँदा कम्तीमा आठ तीर्थयात्रीको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

मदिनास्थित हुजरा राजमार्गमा बस पल्टिँदा ८ यात्रुको मृत्यु भएको र ४३ जना घाइते भएको बसमा ५१ यात्रु सवार रहेको मदिनास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको साउदी अधिकारीहरुले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार