महाेत्तरीकाे जंगहा नदीकाे कटानले बैरगिया लक्ष्मिनियाका स्थानिय जनता त्रसित

 

नरेन्द्र महताे- गाैशाला – १८ अषाढ-

महाेत्तरी जिल्लाकाे सम्सी नगरपालिका वडा न.३ लक्ष्मिनिया वैरगीयामा जंगहा नदीकाे काटनले स्थानियहरु त्रसित बनेका छन।

गाउँ भन्दा आधा किलाे मिटर दुरीमा रहेकाे नदीमा वाढि आउँदा रात भरी जागेर समय विताउनु परेकाे हुन्छ ।

अहिले सयाै विगघा भन्दा बढि जग्गा नदीले काटन गरि सकेकाे भए पनि नियन्त्रण तथा तटवन्धकाे कुनै उपाय नभएकाे कारण डर त्रास बढेकाे छ ।यदि रातिकाे समय गाउँमा पानि पसे भने बाल वच्चा , चाैपाया लिएर काहाँ जाने चिन्ताले सताईरहेका उनिहरुले भने ।

५ वर्ष वितन लागे पनि कुनै सरकारकाे जनप्रतिनिधिहरु हेर्न पनि नआएकाेमा उनिहरुले गुनासाे गरे।

 

गाउँमा नदी पसे भने सग्रामपुर,गडहा,भेटपुर ,ससाैला लगायत गाउँहरु डुवानमा पर्न सक्छ तसर्थ नदी नियन्त्रण र तटवन्ध गरि दिन सम्वन्धित निकाय सँग आग्रह गरे।

यता तटवन्ध तथा नियन्त्रणकाे लागि सम्सी गाउँपालिका र रामगाेपालपुर नगरपालिकालाई ५० लाख रु सिफारिस गरेकाे वडा न. ३ का वडा अध्यक्ष शेष अतिकुर रहमानले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार