सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

खोज तलास खबर, जनकपुरधाम ! इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका -३ स्थित एक घर बाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए ।

 

सो घरमा हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

 

हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

 

हतियार बरामदपछि स्थानीयबासिन्दाले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहीको गाडीको सिसा फुटेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार