खोज तलास खबर, जनकपुरधाम ! कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले प्यालेस्टिनी क्षेत्रहरूमा सैन्य कारबाही रोक्न र अन्तर्राष्ट्रिय कानुन बमोजिम नागरिकहरूको सुरक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापन रोक्नको लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाबको महत्त्वलाई पनि उनीहरुले जोड दिए ।
प्रतिक्रिया