
विनोद मण्डल आषाढ़ २२
मनसुनको बदलाव सँगै मौषममा भइरहेको फेरवदलकाे गहिरो प्रभाव तराईका चौपायामा पर्न थालेका छन् ।
समयमा चर्न नपाएर गाई वस्तुमा स्वप्रसासका रोगहरू एकातिर देखा परेका छन् भने अर्कोतिर टन्टलापुर घामको कारणले मानिसहरूमा रुघा खोकी ज्वरो लगायतका रोगहरू देखा पर्न थालेका छन् ।
अत्यधिक गर्मीका कारण मानिसको टाउको तातो हुने शरीरमा थकाई लाग्ने जस्ता लक्षण विगत दुई दिनको गर्मीले सिर्जना गरेको स्थिति रहेको छ ।
चौपाया जनावरहरू गर्मीको कारण चर्न नपाएर रोगका शिकार बनिरहेका छन् । तराईका अधिकांश भागमा यतिबेला वर्षा रोकिएर चर्को घाम र गर्मी बढिरहेको अवस्था रहेको पाइन्छ ।
प्रतिक्रिया