वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा सरावल गा.पा. वार्ड नम्बर ५ को वार्ड कार्यालय घेराउ 

 

कृष्ण गिरी, नवलपरासी

 

पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालय मा स्थानियबासिले सोमबार हिजो प्रदर्सन गरेका छ्न ।

 

गत बर्ष कोरोना बाट प्रभावित को लागि राहत दिने सरकार को निर्णय अनुसार पालिका ले प्रभावित ब्याक्ती को वितरण संकलन गर्दा वार्डले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता न गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वार्ड को सबै सेवा प्रभावित हुनेगरी हिजो आक्रोशित गरेको स्थानिय बासिहरुले बताएका छ्न ।

 

राहत वितरणमा वार्डले आफ्ना मान्छेको नाम सिफारिस गरेको परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुईजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोशीत भएका हुन ।

 

वार्डले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरि वास्तविक प्रभावित परिवार लाइ छनौट नगरेसम्म वार्डमा तालाबन्दी समेत गर्न स्थानियबासिहरुको भनाई छ।

 

यस विषयमा सरावल २ का कार्यवाहक वडाध्यक्ष सङ्ग बुझ्दा उहाले आफू कार्यवाहक भै काम गरेको दुई दिन मात्र भएका ले यस विषयमा आफुलाइ खासै जानकारी नभएको र आफू ले संबंधित निकाय मा बुझ्ने प्रतिक्रिया दिनुभएको छ ।

 

र १०६ मध्ये ३२ जना माथी वडा अध्यक्ष आफै दाबी गरेर नाम कटाउनु भएको छ र हाल ७४ जनाको नाम मात्रै आएको छ र त्यस मध्ये २३ जना बिना फम भरेको मान्छे परेको छन । लगभग तीन लाख रुपैया गरिब जनताको पैसा फ्रिज भएको छ ।

 

सरावल गाउपालिकाको वार्ड नम्बर ५ ले ४०० जाना को नाम पठायकोमा प्रभावित को संख्या एक सय तिन जनाको नाम मात्र सिफारीस भइ राहत वितरणको लागि पालिका बाट आएको छ।

प्रतिक्रिया