चितवन : बोर्डिङ स्कुलको होस्टलमा झुण्डिएकी बालिकाको शब पोष्टमर्टमका लागि टिचिङमा

चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि शवको पोष्टमर्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ । गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो ।

 

उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

 

उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए । उक्त जाहेरीपछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

 

बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन् । उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमती समेत दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार