जनमत पार्टी को भातृ संगठन विद्यार्थी जनमत संघको सदस्यता ग्रहण गर्दै छात्राहरु विधिवत रुपमा प्रवेश 

शियाराम यादव ,फागुन २७

जनमत पार्टीमा विधिवत रूपमा प्रवेश गरेकोले जनमत पार्टी को भातृ संगठन विद्यार्थी जनमत संघले हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गरेको छ।छात्रा अञ्जली कुमारी यादव र प्रियंका कुमारी यादव अध्यनरत दिदी बहिनी दुवैजनाले हिजो विधिवत रूपमा जनमत पार्टी को भातृ संगठन विद्यार्थी जनमत संघ को सदस्यता ग्रहण गर्नु भएको छ। एकै परिवारका सदस्यहरूले विभिन्न देशहरूमा विभिन्न पदमा रही जनमत पार्टीको लागि काम गर्दै हुनुहुन्छ। पिता गैर आवासिय मधेशी संघ को मिशन २०८४ कतारको संयोजक तथा गैर आवासिय मधेशी संघका अन्तराष्टिय समिति सदस्य श्री जितेन्द्र कुमार यादव जी हुनुहुन्छ भन्ने माता श्रीमती फूल कुमारी यादव जनमत पार्टी को केन्द्रीय सदस्य हुनुहुन्छ र भ्राता डा. राहुल यादव गैर आवासिय मधेशी संघ अन्तराष्टिय समिति बंगलादेश को कोर्डिनेटर हुनुहुन्छ भन्ने अर्को भ्राता सन्तोष कुमार यादव NRMA अन्तराष्टिय समिति जापान को कोर्डिनेटर हुनुहुन्छ।

गैर आवासिय मधेशी संघ तथा जनमत पार्टी ले घोषण गरेको मिशन २०८४ लाई सफल बनाउन तथा X5 को लक्ष्य पूरा गर्न गैर आवासिय मधेशी संघ मा वर्षौ देखि आबद्ध रहनु भएका सम्पूर्ण स्वराजी नेता कार्यकर्ता पदाधिकारी हरुले मिशन २०८४ सफल बनाउन आफ्नो घर बाट नै सुरुवात गर्नु पर्ने प्रस्तावलाई स्वीकार गर्दै अगाडि बढ्न सबैमा अनुरोध गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।गैर आवासिय मधेशी संघ कतार परिवार सहित गैर आवासिय मधेशी संघ कतारका अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुर मिशन २०८४ कतारको संयोजक श्री जितेन्द्र कुमार यादवले धन्यवाद दिदै शुभकामना सहित स्वागत गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार