
खोज तलास खबर, जनकपुरधाम ! आयोगले आज एक सूचना जारी गर्दै प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएकाहरूको नतिजा प्रकाशित गरेको हो।
आयोगले गत फागुन २० देखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षक सेवा नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा सुनसरी, सिरहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र बर्दियाबाट सफल भएका उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रमसहितको नतिजा प्रकाशित गरेको हो।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटमा गई हेर्न सकिने छ।
प्रतिक्रिया