https://www.facebook.com/share/p/y6t46XN7e9DqgKme/?mibextid=oFDknk
लेखक – सबिता यादब ,महाेत्तरी ,
खोज तलास खबर, जनकपुरधाम ! दाईजो प्रथा मुक्त समाज निर्माण गरौं । बिवाहको समयमा केटी तर्फले केटा तर्फलाई दिईने सम्पती, रुपैयाँ-पैसा, सुन-चांदी, मोटरसाईकल तथा सामानहरु नै दाईजो हो । दाइजो प्रथा नेपालको तराई क्षेत्रमा आजभोलि दिनप्रतिदिन नकारात्मक रूपमा बढिरहेको छ र समाजमा समस्या तथा विकृतिहरुको सिर्जना गरेको छ, किनभने जुन अभिभावकको घरमा तीन वा चार वोटि छोरीहरु जन्मेका हुन्छन् त्यो अभिभावकलाई त झन् एक पछी अर्की छोरीको बिहेमा दिनुपर्ने दाईजोको चिन्ताले सताई रहेको हुन्छ । दाइजो लेनदेनको कारण छोरीलाई छिट्टै बिहे गरिदिन्छन् । जति ढिलोगरी बिहे गर्यो, त्यति धेरै दाइजो तिर्नुपर्ने कारण पनि उमेरै नपुगी बिहे गरिदिन्छन् । यस्तो खालको परम्परा धेरैजसो मधेसी समुदायमा छ । दाईजो कै कारण तराई मधेसमा कैयन छोरीचेलीहरुको चित्तकार सुनिएको छ भने दाईजो प्रथा कै कारण छोरीचेलीहरु घरेलु हिंसाका शिकार, घरनिकाला समेत भएका छन् भने कैयनलाई आत्महत्या गर्न बाध्य पारिएको छ । दाईजो प्रथा लाई सामाजिक बहिष्कार गर्नु पर्छ । दाईजो प्रथाले समाजमा गरिबी बढनुको साथै विकृती मौलाउदै जादैछ । दाईजो लिने र दिने दुबै पक्षलाई कानुनी दायरामा ल्याउनु पर्छ । अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण दाईजो प्रथा न्यूनीकरण हुन् सकिरहेको छैन् ।
दाइजो प्रथा अन्त्य गर्न बालिकाका शिक्षालाई प्रोत्साहन दिनुपर्छ । छोरी शसक्त् भए बुहारी शसक्त हुन्छन् । दाईजो प्रथा जस्ता कुरीतिलाई अन्त्य गर्न सबै मिलेर पहल गर्न आवश्यक छ । तराई मधेसमा धेरै कुप्रथामध्येको एक दाईजो प्रथा पनि हो । यही कुप्रथाका कारण छोरीलाई बोझको रुपमा लिइन्छ ।
यसलाई कसले बढावा दिदैछ भन्ने जान्नु जरुरी छ । दाईजो प्रथालाई सरकारमा बस्नेहरु अर्थात सरकारी जागीर गर्नेहरु, डाक्टर, इन्जिनीयर, शिक्षक, वकील, ठुलो व्यपारीले नै बढी जोड दिएका छन् । जति ठुलो पोस्टमा उति धेरै दाईजोको मांग गर्दछन् । अब दाईजो प्रथा जस्ता कुप्रथाको अन्त्य हुनुपर्ने समय आएको छ । छोराको शैक्षिक योग्यतालाई अभिभावकले दाईजोमा क्यास गर्ने सोंचलाई त्याग्नु पर्छ ।
अस्ति भर्खर बीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्पयुटर अपरेटर उमेश साहले दाईजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको हो । यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण समाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षको घरमा रुवाबासी भएको स्थानीयहरुले बताएका छन् । यो घटनाले समाजको एउटा झुठ बाट पर्दा हटाएको छ, दाईजो प्रथा भनाईमा मात्र नराम्रो, अपराध, कुप्रथा तर व्यवहारिक रुपले अझै जिवित छ । छोरीचेलिहरु अझै पीडित हुँदैछन् ।
पैसाको लागि कसैले मण्डप बाट दुलहि छोडछन् भने कसैले पैसाको लागि सहयात्री बनेकी श्रीमती छोडछन् त कोहि साथमा भए पनि भावना बुझ्दैन । आफुलाई नै सर्वश्रेष्ठ ठान्दछन् । नारी उत्थानका जति मिठा नारा लगाए पनि जब सम्म नारीलाई सम्मान र नारी प्रति सोच्ने सकारात्मक सोंच बन्दैन तब सम्म यस्तै चलि रहने हो ।
प्रतिक्रिया