शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

खोज तलास खबर, जनकपुरधाम !रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

 

आत्महत्या दुरूत्साहनको मुद्दामा सोमबार नसकिएको थुनछेक बहस आज सकिएर सो आदेश आएको छ ।  एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा तीन लाख,  शिक्षक किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमलप्रसाद शर्मा पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

 

गत फागुन १२ गते एकता शिशु निकेतनमा अध्ययनरत पोखरेल पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेपछि शालिनको परिवारले प्रहरीमा बलात्कारपछि हत्या गरेको किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए । तर, बालिकाको पोष्टमार्टम रिपोर्टमा हत्या नभएको पाइएको थियो ।

 

प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार – २१:०३:०८ बजे

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार