गैर आवासिय मधेशी संघ कतारको विशेष पहलमा प्रवासी युवा जनमत संघ गठन 

शियाराम यादव ,चैत १६

खोज तलास खबर, जनकपुरधाम ! हिजो शुक्रबारको दिन गैर आवासिय मधेशी संघ कतारको विशेष पहलमा प्रवासी युवा जनमत संघ गठन भएको छ।श्री बाबु राम थापा मगरको अध्यक्षतामा प्रवासी युवा जनमत संघ कतार गठन गरिएको छ।गैर आवासीय मधेसी अन्तर्राष्ट्रिय संघ र गैर आवासीय मधेसी संघ कतारका केन्द्रिय सदस्यहरुको रोहबरमा प्रवासी युवा संघ गठन गरिएको छ।केन्द्र बाट उपस्थित केन्द्रीय अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुर,वरिष्ठ उपाध्यक्ष श्री राम जुलुम साह,सहकोषाध्यक्ष श्री अमोद कुमार यादव,सचिव श्री जय प्रकाश मण्डल,मीडिया कोर्डिनेटर श्री जित नारायण यादव, अन्तराष्टिय सदस्य श्री राम सुवन यादव,अन्तराष्टिय सदस्य श्री नन्द कुमार ठाकुर,अन्तराष्टिय सदस्य श्री सरोज कुमार साह र मिशन २०८४ कतारका संयोजक तथा अन्तराष्ट्रिय समिति सदस्य श्री जितेन्द्र कुमार यादव लगायतका ब्याक्तीहरु को उपस्थिति रहेको थियो।नव गठित प्रवासी युवा जनमत संघका पदाधिकारीहरु तपसिल टीम म्यानेजर श्री जितेन्द्र कुमार यादव, अध्यक्ष श्री बाबु राम थापा मगर,कप्तान श्री अमर बहादुर दर्जी,टीम सदस्य श्री रेशम कुमार कुँवर,टीम सदस्य श्री राज कुमार परियार,टीम सदस्य श्री ओम् पुन मगर,टीम सदस्य श्री विजय थापा,टीम सदस्य

श्री लाल बहादुर परियार,टीम सदस्य श्री राजु श्रेष्ठ, टीम सदस्य श्री शिवम् थापा,टीम सदस्य श्री रुख बहादुर सौम्य,टीम सदस्य श्री सीमित नेपाली,टीम सदस्यश्री लोकेन्द्र पुलामी बहादुर,टीम सदस्य

श्री सुजन र टीम सदस्य श्री प्रकाश नेवार श्रेष्ठ रहेको छ।संपूर्ण नव गठित प्रवासी युवा जनमत संघ कतारको पदाधिकारी हरुलाई गैर आवासीय मधेसी संघ ( NRMA) कतार केन्द्रीय समितिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत गर्नुभएको थियो। गैर आवासीय मधेसी अन्तर्राष्ट्रिय संघका केन्द्रीय तथा गैर आवासीय मधेसि संघ कतारका अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुरले जानकारी दिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार