
खोज तलास खबर, जनकपुरधाम ! पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्र.स.नि. दिल बहादुर तामाङले जानकारी दिएका छन् ।
प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार – ०७:२९:११ बजे
प्रतिक्रिया