सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।

 

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

 

शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार