रौतहटको ईशनाथ नगरपालिकामा भव्य र सभ्य तरिकाले मनायो गणतन्त्र दिवस 

रौतहट जेष्ठ १५ चन्दन कूमार महतो ।। ईशनाथ नगरपालिका कार्यालयको औरैयामा विशेष समारोह आयोजना गरेर नगर प्रमुख कौशलिया देवीले १७ औं गणतन्त्र दिवस मनाइएको छ।

 

नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो।

 

समारोहमा १ नम्बर वाड देखि ९ नम्बर वाडको वाडअध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र झा, बुद्धिजीवी नेतागन लगायतको उपस्थिति थियो।

 

गणतन्त्र दिवसका उपलक्ष्यमा नगर प्रमुख , वाड अध्यक्ष विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

 

उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलको नेताहरूले पनि गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबैलाई हार्दिक अभिनन्दन प्रकट गरेका छन्। विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

 

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो।

 

विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

 

गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ। सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो तुल्याएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नका लागि त्यसतर्फ अग्रसर हुन सबै नेपाली जनतामा आह्वानसमेत नगर प्रमुख कौशलिया देवीले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार