अविरल वर्षाका कारण पहिरोमा परी नारायणी नदीमा परेर दुईवटा बस वेपत्ता

खोज तलास खबर, जनकपुरधाम ! अविरल वर्षाका  कारण पहिरोमा परी नारायणी नदीमा परेर दुईवटा बस वेपत्ता भएका छन् ।

 

सशस्त्र प्रहरीका अनुसार  आज बिहान ०३:०० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं। २९ सिमलताल भन्ने ठाउँमा अबिरल बर्षाका कारण ठूलो पहिरो झरी बिरगंज बाट काठमाडौ जाँदै गरेको विङर गाडी(अ २०र२१ जना)र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस(अ ४०र४२ जना) बगाई नारायणी नदीमा बेपत्ता भएको छ ।

 

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  नं। १७ गण चितवनबाट बाट ३५  जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएको । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बसमा कति यात्रु दिए भन्ने यकिन हुन बाँकी छ ।

 

ढुङ्गा खसी बसमा बस चालकको मृत्यु

 

यसैगरी, असार २८ गते अं।०३:०० बजेको समयमा चितवन जिल्ला  भरतपुर महानगरपालिका(२९ सत्रकिलो स्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको लु २ ख ६५६६ न।को बसलाइ अचानक माथिबाट लेदो सहितको पहिरो सित ढुङ्गा खसि बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी  सुनवल न।पा।४ बस्ने बर्ष ३६ को मेगनाथ बि।क। गम्भीर घाइते भइ उपचारको लागि भरतपुर तर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

 

बस घटना स्थलमै  रहेको बसमा सवार यात्रुहरुलाइ केही नभएको बाटो एक तर्फ अवरोध भएको उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट २०  जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ ।  बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिनु भयो । गोरखापत्र

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार