चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला

खोज तलास खबर, जनकपुरधाम ! चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ ।

 

दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको छ । तर, ती व्यक्ति यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ । ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको बताइएको छ ।

 

उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ ।

 

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए ।

 

दु्र्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार