
पश्चिम नवलपरासिको सरावल गाउपालिका वडा नम्बर –२ को वाड कार्यालयमा स्थानिय द्वारा ताला लगाइएको आज ५ दिन भएको छ । तर प्रति पालिका र वडाका जनप्रतिनिधिहरुले कसैले पनि चासो देखाएका छैनन । कोरोनाको समयमा छाक टार्न समस्यामा परेका अति बिपन्न गरिब घरपरिवारलाई लक्षित गरि कोरोना प्रभावितको लागि सरकारले प्रती घरधुरी १० हजारको दरले राहत वितरण गर्ने भनी सरावल गाउपालिकालाई परिपत्र गरेको र सोहि बमोजिम पालिकाले पनि वाडमा परिपत्र गरि कोरोना प्रभावितहरुको नाम छनौट गर्न भनेपनि वाडले आफ्नो पायक पर्ने र सम्पन्न परिवारको नाम छनौट गरेको हुदा आक्रोशित वडाबासिले सोमबार दिउँसो वाड नम्बर –२ को कार्यालयमा ताला लगाएका थिए । ताला लगाएको दिन देखी दैनिक वडाबासीहरु वडा नम्बर २ का वडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरुलाई समस्या समाधानको लागी वार्ता गर्न कुरेपनि कसैले पनि चासो नदेखाएको स्थानियाबासीहरुले गुनासो गरेका छन । अहिले सरावल २ को कार्यवाहकमा आउनुभएका कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ता संग कुराकानी गर्दा यस विषयमा आफुलाई केही जानकारी नभएको र वडाध्यक्ष सहितको भेलामा सबै कुरा प्रस्ट हुने बताएपनि वडाको भेला हुन सकेको छैन । स्थानियबासिले वाड नम्बर –२ का जनप्रतिनिधिले कोरोना प्रभावित अति बिपन्न गरिबको नाममा खेलवाड गरेको हुदा सबै सामु माफी माग्नुपर्ने, फेरि पनि गल्ती नदोहरियोस भनी सबै सामु प्रतिबद्ध हुनुपर्ने र वास्तविक कोरोना प्रभावित जुन सुचना समेत नपाइ फर्म भर्न बाट बन्चित भएकाहरुले पनि उक्त राहत पाउनुपर्ने लगाएको मागहरुअघी सारेको र उक्त मागमा वडा कार्यालय सकारात्मक नदेखिको हुदा विवाद झन झन बढ्दै गएको छ । घटनाको विषयमा वडाध्यक्ष शम्भुप्रसाद चौधरी संग बुझन खोज्दा उहाँको फोन नउठेको सामुदायिक रेडियो दाउन्नेले जनाएको छ । आक्रोशित स्थानियहरुले आफुहरुको माग पूरा नभएसम्म ताला नखोल्ने रझ योभन्दा शसक्त ढंगले चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।
प्रतिक्रिया