धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ

खोज तलास खबर, जनकपुरधाम ! धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् ।

 

धनुषाधाम नगरपालिका-२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्याको अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

 

ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार