धनुषाको एक सामुदायिक बिधालयका प्रधानाध्यापक १६ बर्षपछी पक्राउ

खोज तलास खबर, जनकपुरधाम !धनुषाको एक सामुदायिक बिधालयका प्रधानाध्यापक १६ बर्षपछी पक्राउ परेका छन।जिल्लाको सवैला नगरपालिका वडा नं १३ किरतपुर बस्ने अन्दाजी बर्ष ५६ को पवन महतोलाइ बिहिबार प्रहरीले पक्राउ गरेको हो।

 

२०५६ सालमा धनुषाको सवैला नगरपालिका १३ कै नागेन्द्र यादवलाइ गोलि हानी हत्या भएको थियो।हत्यामा संलग्न महतो १६ बर्षदेखी प्रहरीको फरार सुचीमा रहिआएको तथा बिहिबार सवैला बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी रन्जन अवाले जनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार