सप्तरीको बोदे बर्साईनमा ‘कोल्ड स्टोर’ निर्माण गरिने, मेयरद्वारा शिलान्यास

उमेश कुमार साह

खोज तलास खबर, जनकपुरधाम ! सप्तरी। बोदे बर्साइन नगरपालिकामा दोस्रो चरणको ‘कोल्ड स्टोर’ निर्माण गर्न थालिएको छ। बोदे बर्साइन नगरपालिका–२ बैरियामा निर्माण गर्न लागिएको शीतभण्डारको नगरप्रमुख आतेशकुमार सिंहले शिलान्यास गरेका हुन्।

तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले बैरियामा ९ सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर निर्माण गर्न लागिएको हो। नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए।

शिलान्यास कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख सिंहले बोदे बर्साईन नगरबासीका लागि कोल्ड स्टोर गौरवको आयोजना भएको बताए । निर्वाचनमा आफूले पहिलो एजेण्डाको रुपमा कोल्ड स्टोर निर्माणलाई अघि सारेको स्मरण गर्दै उदेश्यले सो योजना साकार हुन लागेकोमा खुसी व्यक्त गरे ।

नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गरे।

केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा ९ कठ्ठा जग्गामा शीतभण्डार निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गार्ड हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिएका छ्न। दोस्रो चरणको ठेक्का २ बर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौ स्थित DNSPL- RBNPL-CCPL- जेवी निर्माण कम्पनीले ठेक्का लिएको नगरपालिकाका इन्जिनियर दिनेश ठाकुरले बताउनुभयो । उहाँका अनुसार, ६ महिना लगाएर योजनाको अत्याधुनिक डीपीआर तयार गरिएको हो । जेवी निर्माण कम्पनीले १२ करोड ३१ लाख ७७ हजारमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता गरि कोल्ड स्टोर सम्बन्धि सम्पुर्ण कार्य पूरा गरि संचालनमा ल्याने निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र यादवले बताए ।

निर्माण कम्पनीले २४ महिनाभित्र कोल्ड स्टोर निर्माण सक्ने जेवी निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र प्रसाद यादवले प्रतिवद्धता जनाएको छ । कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी साह , १-१० वडाका अध्यक्षहरु , नगरपालिकाका कर्मचारीहरु, स्थानीय नेताकार्यकर्ताहरुको दर्जनौं उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार