आज कर्णाली नदीमा एक बालिकाको शव फेला

खोज तलास खबर, जनकपुरधाम ! कर्णाली नदीमा आज एक बालिकाको शव फेला परेको छ ।

 

कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा १२ वर्षीया बालिकाको शव फेला परेको हो ।

 

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट र्याफ्टिङको सहायतामार्फत बालिकाको शव निकाली टिकापुर अस्पताल लगिएको छ ।

 

शव पहिचान गर्न नसकिने अवस्थामा रहेको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचार