रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्रि बितरण गर्ने एकजना साधु पुजारी पक्राउ

खोज तलास खबर, जनकपुरधाम ! रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्रि बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।

 

देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

 

मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सुचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

 

लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

 

साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघी गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार