प्याब्सन सिराहाको टोलीद्वारा कैलाशपुर भोर्लेनी विद्यालयमा शैक्षिक सामग्री वितरण ।।।
विनोद मण्डल,सिराहा, भदौ २८, खोज तलास खबर, जनकपुरधाम !सिरहाको धनगढीमाई नगरपालिकामा नमूना विद्यालयको रूपमा परिचित गराउन सफल प्रधानाध्यापक अमर कुमार योञ्जनको शैक्षिक यात्रामा साथ दिनका लागि प्याब्सन सिराहाका टीम धनगढीमाई १३ स्थित श्री आधारभूत विद्यालय कैलाशपुर पुगेका हुन ।
सिरहाको शैक्षिक वृत्तमा उल्लेखनीय परिवर्तन ल्याउने क्रममा निजी क्षेत्रको विद्यालयहरूको सांगठनिक पहिचानलाई मजबुत बनाउन सफल प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरी र विष्णु न्यौपानेले धनगढीमाई १३ स्थित श्री आधारभूत विद्यालय कैलाशपुर भोर्लेनीका दलित र विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक अमर कुमार योञ्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सूर्यमान तामाङ, विशिष्ट अतिथि प्याब्सन केन्द्रिय कमिटीका कोषाध्यक्ष विष्णु न्यौपाने, प्याब्सनका जिल्ला अध्यक्ष उमेश चौधरी, जिल्ला सदस्य भरत यादव लगायत शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी, र आम अभिभावकहरूको उपस्थिति रहेको थियो ।
विद्यालयमा बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा उद्घोषण शिक्षक दीपक धमलाले गरेका थिए भने प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई विद्यालयका सहायक प्रधानाध्यापक राम रिझन दासले स्वागत गर्दै मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यकममा विशिष्ट अतिथि उमेश चौधरीले दलित र विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुशी व्यक्त गर्नुहुदै विद्यालयको शैक्षिक स्तर उन्नत बनाउन आफ्नो प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्याब्सनका केन्द्रीय सदस्य विष्णु न्यौपानेले बाल दिवसको अवसरमा यस विद्यालयमा वितरण गरिएको सामग्रीले निजी विद्यालयको ध्यान केवल संस्थागत विद्यालयप्रति मात्रै नभएर सरकारी विद्यालयको शैक्षिक विकासमा समेत समर्पित रहेको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष सूर्यमान तामाङले सिराहा प्याब्सनका टोलीलाई धन्यवाद दिँदै भविष्यमा थप कार्यक्रमको लागि आग्रह गर्नु भयो ।
“बालबालिकामा लगानी, सुनिक्षित भविष्यको थालनी” मुख्य नारासहित ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित “मुसहर बालबालिका र अन्य विपन्न विद्यार्थीहरूलाई कापी र कलम वितरण कार्यक्रम” प्याब्सन सिरहाको आर्थिक सहयोगमा सम्पन्न भएको हो भने कार्यक्रम उक्त विद्यालयद्वारा विद्यालय परिसरमा गरिएको थियो ।
प्रतिक्रिया