
दङ्गगोरिया चन्दन चौधरी / नवलपरासी , १ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ काे वडा कार्यालयमा लगाइएको ताल अाज एक सातापछि खुलेको छ।
वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत नेपाल सरकार संघिय सशर्त कार्यक्रम तर्फ कोभिड १९ महामारीवाट प्रभावित अतिविपन्न परिवारहहरुलाई नगद हस्तान्तरण सम्बन्धि कार्यक्रममा विवाद अाएकाेले वडा नम्बर २ का स्थानीयले वडामा ताला लगाएका थिए ।
ताला खाेल्ने क्रममा वडा नम्बर -२ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताले अाफुहरुबाट गल्ती भएको स्विकार्दै सर्वदलीय बैठक बसेर ताला खाेलाउन सहयोग गर्नेलाई धन्यवाद दिदै अगामी दिनमा यस्ता गल्ती नदाेहरिने बाचा समेत गर्नुभएको हाे।
त्यस्तै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बन्दकाे कारण सेवाग्राहीलाई काममा प्रभाव परेको बताउदै केही गल्ती वडा र केही गल्ती पालिकाबाट भएकोले अगामी दिनमा गल्तीलाई सच्याउदै गल्ती नदाेहिरिने गरि काम गर्ने प्रतिबद्धता ब्यक्ति गर्नुभएको थियोे ।
प्रतिक्रिया