आज साउने संक्रान्ती मनाइँदै, साँझ घर घरमा लूतो फाल्ने प्रचलन

 

दङ्गगोरिया चन्दन चौधरी

कर्कट संक्रान्ती अर्थात साउने संक्रान्ती मनाइँदैछ । सौर्यमास अनुसार प्रत्येक वर्ष साउन १ गतेलाई कर्कट संक्रान्तीको रुपमा मनाउने गरिन्छ । आज हरेक रोगव्याधी निको होस भन्ने हेतुले लुतो फालेर पनि संक्रान्ती मनाइन्छ

सूर्यले मिथुन राशि भोग सकेर कर्कट राशीमा प्रवेश गरेको हुनाले पहिलो दिनलाई कर्कट संक्रान्तिको रुपमा मनाउने गरिन्छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँडने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार