
खोज तलास खबर, जनकपुरधाम ! सुनसरीबाट प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
सुनसरी लौकही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए ।
उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया