जनमत पार्टीले गरे किसान आन्दोलन

 

धिरोज ‌कुमार यादब /मलंगवा –

सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा आज (बिहिवार) जनमत पार्टीले किसान आन्दोलन गरेका छन्। सही समयमा मलखाद, बीउ , सिंचाई को व्यवस्था नभएको हुदा त्यहाका किसानबासीले दु:ख व्यक्त गरेको भनी जनमत पार्टीका जिल्ला इन्चार्ज नरेश प्रसाद कुशवाहा ले जानकारी दिनुभयो।

 

उक्त किसान आन्दोलनमा १०ओटा माग राखिएको छन। किसानहरुको माग उच्च स्तरीय गठन होस,समय मै मलखाद को ब्यबस्थापन, सिंचाईको व्यवस्था फसलको उचित मूल्य निर्धारण गरेको हुन पर्ने, उखु किसान को भुक्तानी सङै स्वतः बालीनाली बिमाको सुनिश्चित गरिनु पर्ने, किसान कार्डको व्यवस्था, हुनु पर्ने छ भनी उनिहरुले माग राखेका हुन।

 

यी सबै माग पूरा भए किसानलाई राहत मिल्ने छ भनी उक्त (किसान आन्दोलित) उनीहरुको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार