![](https://khojtalashkhabar.com/wp-content/uploads/2024/12/Screenshot_20241208-162511_Messenger.jpg)
खोज तलास खबर, जनकपुरधाम ! झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फुलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका – ७ बस्ने २८ वर्षीय अजय यादव र झापा शिवसताक्षी नगरपालिका–७ बस्ने २४ वर्षीय अशोक यादव रहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
शनिबार अपराह्न ४ः३० बजे मुर्मु मृत अवस्थामा फेला पर्नुभएको थियो । मुर्मु मृत अवस्थामा रहेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालयले केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा मृत महिलाको टाउको र चिउडोमा कलको ह्याण्डिल र फरुवासहितले प्रहार गरेको देखिएको प्रवक्ता चन्दले बताउनुभयो ।
घटनामा संलग्नको खोजी गर्ने क्रममा कलश मोवाइल एक थान र साइकल एक थानसहित यादवद्वयलाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया