
सर्लाही:
बुधवार राती लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । राति १० बजेतिर हरिपुरबाट २ जना शंकास्पद ब्यक्ति आउँदै गरेको सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ३ का बर्ष ३५ का दिपक खत्री र काभ्रेपलाञ्चोक रोशि गाउँपालिका ४ का बर्ष २६ का बिजय लामा रहेका छन । उनिहरुलाई ना२०प ९३७ नम्बरको मोटरसाईकलमा भित्री सडकबाट भाग्न खोज्दा हरिवन ९ दनुवारिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
पक्राउ पर्नेको साथबाट ४९५ एम्पुल डायजेपाम, ५०० एम्पुल फेनेरागन, १४४ वटा स्पास्मो प्रोक्सिभोल प्लस नामक क्याप्सुल र लेबल र नाम नखुलेको ५०० एम्पुल लागुऔषध बरामद गरिएको छ ।
उनिहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएपी बिजय यादवले जानकारी दिनुभयो ।।
प्रतिक्रिया