सप्तरी: बोदे बर्साईनमा १५ सैयाको अस्पताल निर्माणको भवन शिलान्यास  

उमेश कुमार साह ,सप्तरी

सप्तरीको बोदे बर्साईन नगरपालिकाको वडा नम्बर ५ मा १५ शैय्याको अस्पताल निर्माणका लागि बिहिवार भवनको शिलन्यास गरिएको छ । १५ शैय्याको आधारभूत अस्पताल निर्माणको काम थालनी गर्न भवनको शिलान्यास गरिएको हो । १३ कठ्ठा क्षेत्रफलमा १९ करोड ६२ लाख ४५ हजार २७ रुपैयाँ लागतमा अस्पताल निर्माण हुन लागेको हो ।

 

नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहको प्रमुख अतिथिमा भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार बोदे बर्साईनमा अस्पताल भवनको शिलन्यास गरिएको स्वास्थ्य शाखा संयोजक राज नारायण ठाकुरले जानकारी दिएका छन् । सामान्य विरामीहरु पनि पालिकाबाहिर रेफर गर्नुपर्ने अवस्था रहेकोमा अस्पताल निर्माण पछि स्वास्थ्य उपचारमा सहजता आउने उनले बताए ।

 

अस्पताल भवन निर्माणको जिम्मा काभ्रेको न्यू ड्राईगन निर्माण सेवा प्रालिले पाएको छ । अस्पताल भवनको निर्माण कार्य २०८४ मङ्सिर सम्ममा सम्पन्न गर्नुपर्ने गरी न्यू ड्राईगनसँग सम्झौता भएको छ ।

 

अस्पताल शिल्यान्यास कार्यक्रममा उपप्रमुख रेणु कुमारी साह , वडा अध्यक्ष मो.मोजिबुर रहमान , राज कुमार यादव , तपसी यादव , नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि , स्वास्थ संयोजक राज नारायण ठाकुर लगायतको उपस्थिति रहेको थियो । १५ शैयाको आधारभूत अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थय तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखाले सहमति प्राप्त गरि कार्यहरु भइरहेको नगरपालिकाका ईन्जिनियर दिनेश ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार