किसानको पिडालाई थाती राख्दै निर्मल हारमा सजिए कृषी मंत्री ।

 

विनोद मण्डल साउन ५ । गत

असारको नियमित अविरल वर्षा एका एक रोकिँदै गर्मी र खडेरी शुरु भएपछि आम किसान पीडामा परेका हुन् ।

मानो रोपेर मुरी फलाउने चाहना बोकेका आम किसानले आफ्ना खेतमा धान त रोपे तर वर्षा नभएपछि धानमा पानी नभएर खेत सुक्दै गरेको अवस्था पाईन्छ ।

बोरिङको पानीले धान रोपेको खेतमा बेलामा लगाउनुपर्ने मल खादको अभावमा धानको बिजोग हुन् थालेको देखिन्छ । धानको बिजोग देखेर खेतको आलीमा बसेर किसान आफ्नो पसिनाको अवमूल्यन भयो भन्दै आँशु झार्दै रोएको अवस्था रहेको पाइन्छ भने यता कृषि मंत्री ज्यूले आफ्नो गलामा निर्मल हार लगाउन पाएकामा खुशी भएका छन् ।

सहुलियत दरमा खाद मल प्राप्त गर्नको निम्ति आम किसानले गर्मी र चर्को घामसंग लाइन घन्टौं बसेर आवश्यकता बमोजिमको मल प्राप्त गर्न नसकिरहेको अवस्थामा सरकारी ओहदामा बसेका मन्त्रीले ठूला भाषण गरेर माला लगाउने चलन होइन बरु किसानको पीडामा आँशु बगाएर कृषि समस्या समाधानमा अहम भुमिका निर्वाह गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार