रौतहटबाट भन्सार छली गरी ल्याउँदै गरेको सामनसहित ४ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा

खोज तलास खबर, जनकपुरधाम !रौतहटबाट भन्सार छली गरी ल्याउँदै गरेको सामनसहित ४ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय राजपुर रौतहबाट खटिएको प्रहरी टोलीले परोहा नगरपालिका–५ बाट बीआर ०५ एबी ८८६६, बीआर ३० सी ०१४६, बीआर ०४ इ ६५१२ र बीआर ०५ डी ८५४७ नम्बरको मोटरसाइकलाई शनिबार नियन्त्रणमा लिएको हो ।

चेक जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको एक लाख १७ हजार छ सय रुपैयाँ मूल्य बराबरको Non Chemical Best Quality JAGGERY ( GUD) Powder को बोरा ४९ थान फेला पारी सामानसहित मोटरसाइकललाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रित सामन र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार