सर्लाहीका एक फरार अभियुक्त ४० वर्षपछि पक्राउ

खोज तलास खबर, जनकपुरधाम ! सर्लाहीका एक फरार अभियुक्त ४० वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रौतहट राजदेवी नगरपालिका –९, ब्रह्मपुरीका ५६ वर्षीय राज सिंह ४० वर्षपछि पक्राउ परेका हुन् ।

सिंह धर्म र नाम समेत परिवर्तन गरेर सर्लाहीको चक्रघट्टा गाउँपालिका –४, धर्मपुरमा लुकिछिपी बस्दै आएका थिए । सोही सूचनाका आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट परिचालित प्रहरी टोलीले सिंहलाई पक्राउ गर्न सफल भएको हो । सिंहलाई जिल्ला अदालत रौतहटले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको छ ।

उनलाई सजाय भुक्तानका लागि आइतबार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउने सिलसिलामा वर्षौदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न अभियान नै सञ्चालन गरेको छ । जनार्जन खत्री

प्रतिक्रिया

सम्बन्धित समाचार