उपमेयर चौधरीद्वारा हेल्थपोष्टको अनुगमन ।

 

विनोद मण्डल साउन ६

सिरहाको धनगढीमाई १२ मा रहेको हेल्थपोष्टको उपमेयर संगिता कुमारी चौधरीले अनुगमन गर्नु भएको छ ।

स्थानिय जनताको उपचारमा अति आवस्यक स्वास्थय सामग्री भए नभएको बारेमा आज हेल्थ पोस्टमा पुगेर निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

उपमेयर चौधरीले हेल्थ पोष्टको बर्थिङ सेन्टरको स्थलगत अनुगमन गर्नु भएको छ । वर्थिङ सेन्टरमा आवस्यक सामग्री नभएको देखिएपछि उपमेयर चौधरीले चिन्ता व्यक्त गर्नु भएको छ । हेल्थ पोस्टको समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको भन्दै आफूले सक्दो सहयोग गर्ने समेत बताउनु भएको छ ।

अनुगमनको क्रममा उपमेयर चौधरीले हेल्थ पोष्टको शभा हलको भौतिक संरचना जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त समस्या छिट्टै समाधान गर्न आफू तयार रहेको बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार