
सर्लाही ईश्वरपुर – बि.पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आज ईश्वरपुर नगरपालिका मा वृक्षापोरण कार्यक्रम गरिएको छ। नेपाली कांग्रेस का संस्थापक नेता तथा पूर्व सभापती एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रम ईश्वरपुर-३ भक्तिपुर मा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी मध्य नेपाली कांग्रेस को उप सभापति डा सरोज कुमार, जिल्ला सचिव निरज कार्की, स सचिव इन्द्र योन्जन, ईश्वरपुर नगरपालिकाको को नगरप्रमुख मनोज आचार्य, विशिष्ट अतिथि नेपाली कांग्रेस क्षेत्र नं १ का नेता कुबेर आचार्य, दीपक अधिकारी, सुरेन्द्र न्यौपाने मधेश प्रदेशका सदस्य सोनी बम्जन, राम बाबु लगायत पार्टीमा आबद्ध नेता कार्यकर्ता हरूको सहभागि समेत रहेको जानकारी नेपाली कांग्रेस को जिल्ला उप सभापति डा. सरोज कुमारले बताउनुभयो।
प्रतिक्रिया