
शियाराम यादव ,
खोज तलास खबर, जनकपुरधाम !आज शुक्रबार एशियन मेडिकल सेन्टर, अल वोक्रामा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रवासी नेपाली समुदायका लागि आयोजित उक्त कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले डाक्टर परामर्श, दन्त परीक्षण, ईसीजी, फास्टिङ ब्लड सुगर, ब्लड प्रेसर, बीएमआई, कोलेस्टेरोल, युरिक एसिड लगायत विभिन्न स्वास्थ्य सेवाहरू निशुल्क रुपमा प्राप्त गरेका थिए। साथै, र्यान्डम ब्लड सुगर जाँचको सुविधा समेत उपलब्ध गराइएको थियो।यस कार्यक्रमको आयोजना नेपाली जनसम्पर्क समिति कतार, प्रवासी नेपाली मञ्च कतार, नेपाली जनप्रगतिशिल मञ्च कतार, प्रवास नेपाली सम्पर्क विभाग कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज (पानस) कतार, नेपाली समाज कतार, कतार नेपाली एकता समाज, अन्तर्राष्ट्रिय नेपाली समाज, नेपाली जनप्रगतिशील मोर्चा कतार, संघीय लिम्बुवान सामाजिक मञ्च कतार लगायतका नेपाली संस्थाहरूको संयुक्त प्रयासमा गरिएको थियो।कार्यक्रमलाई सफल बनाउन मधेशी एकता समाज, कतारले विशेष सहयोग पुर्याएको थियो।आयोजक संस्थाहरूले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको सन्देश प्रवाह गर्नका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया