धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ६ को युवा समाजिक अभियन्ता जानकी प्रसाद यादव अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी भएका हुन ।
समाजिक अभियन्ता समेत रहेका जानकी प्रसाद यादवले स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी बाट अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
गाउं पालिकाको समग्र विकासको लागि यादवले उम्मेदवारी दिने जानकारी दिए । गाउं पालिकाको भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने यादवले बताए । जनताको बिचमा रहि जनताको सुख दुःखमा हुदै आएका छन् ।
जानकी प्रसाद यादवले उम्मेदवारी सगै मतदाता संग भेटघाटमा ब्यस्त रहेका चोक चौराहमा चर्चाम सुरु भएको छ ।
प्रतिक्रिया