पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग,नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनार

खोज तलास खबर, जनकपुरधाम ! नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

 

आइतबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्न ढिलाइ गरिरहेको बताए ।

 

उनले भने, ‘चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ? सरकारले किन ढिलासुस्ती गरेको हो ?’

 

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार