
धर्मेन्द्र कुमार कुर्मी
खोज तलास खबर, जनकपुरधाम ! कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्दाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा एक टाेलीले अवलोकन गरेकाे छ । विजयनगर गाउँपालिका र निक साइमन इन्स्टिच्युटकाे टाेलीले अस्पतालकाे अवलोकन गरेकाे हाे । अस्पताललाई थप व्यवस्थित बनाउँदै उपलब्ध भएका सेवालाई प्रभावकारी बनाउनका लागि साे टाेलीले अस्पतालकाे व्यवस्थापन, जनशक्ति, उपकरण र आधारभूत सेवा र आकस्मिक सेवाकाे सुनिश्चिततामा जाेड दिएकाे छ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालफ, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, इन्चार्ज इन्द्र भण्डारी र निक साइमन इन्स्टिच्युटका पदाधिकारीहरुकाे सहभागीतामा विजयनगर आधारभूत अस्पतालकाे अध्ययन अवलाेकनकाे साथै गुणस्तरीय सेवा प्रवाहकाे बारेमा छलफलसहित अस्पताललाई व्यवस्थित बनाउँदै याेजनाबद्ध रुपमा अगाडी बढ्नुपर्नेमा जाेड दिएकाे छ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अस्पतालबाट प्राप्त हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिँदै सम्बन्धित विभिन्न निकायहरुसँग आवश्यक दक्ष जनशक्ति, व्यवस्थापन पक्षका लागि पहल गर्दै आइरहेको बताए । अस्पतालबाट सेवा सुचारु भएपछि सेवाग्राहीकाे संख्यामा बिस्तारै हुँदै गएकाे उनको भनाइ छ ।
यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले अस्पताल सञ्चालनका लागि पालिकाले पनि बजेट विनियोजन गरि आवश्यक जनशक्ति सहित सेवा प्रवाह र गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए । उनले अस्पताल सञ्चालनकाे आवश्यक प्रक्रियाहरु पूरा गरेर विभिन्न दातृ निकाय लगायत संघसंस्थाहरुसँग समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जाेड दिए ।
प्रतिक्रिया