नेकपा (एमाले) धनुषाको ८औँ जिल्ला अधिवेशनमा महिला उपसचिव पदमा किरण कपरको उम्मेदवारी

धनुषा,  — नेकपा (एमाले) धनुषा जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन अन्तर्गत महिला उपसचिव पदमा किरण कपरले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। संगठनभित्र सक्रिय भूमिका निभाउँदै आएकी कपरले पार्टीलाई थप सक्षम, समावेशी र महिलामैत्री बनाउन आफूले योगदान दिन चाहेको बताएकी छिन्।

कपरले सम्पूर्ण अधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेकी छिन्। उनले भनिन्, “महिला नेतृत्व सुदृढीकरण र संगठनलाई बलियो बनाउने दिशामा मेरो उम्मेदवारी एक सार्थक प्रयास हो। प्रतिनिधि साथीहरूको साथ र समर्थनले मलाई थप उत्साहित बनाएको छ।”

नेकपा (एमाले) को यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई आगामी रणनीतिका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार