
खोज तलास खबर, जनकपुरधाम | धनुषा जिल्लाको सवैला नगरपालिका-५ भटिहनमा अवस्थित श्री शेखर जनचेतना आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना खुला गरेको छ। विद्यालयले बालविकासदेखि कक्षा ७ सम्मको लागि नामांकन प्रक्रिया सुरु गरेको जानकारी गराएको छ।
विद्यालय प्रशासनले सबै अभिभावक तथा सरोकारवालाहरुलाई आफ्ना बालबालिकाको नामांकन समयमै गराइदिन आग्रह गरेको छ। यस शैक्षिक सत्रदेखि विद्यालयले बालविकास र कक्षा १ का कक्षाहरू पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
गुणस्तरीय शिक्षामा विशेष ध्यान दिँदै आइरहेको विद्यालयले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि समयमै भर्ना गराउन अभिभावकहरुसँग अपिल गरेको छ।
अधिक जानकारीका लागि विद्यालय प्रशासनसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
प्रतिक्रिया