
खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सवैला नगरपालिका- ९ मा अवस्थित श्री शेखर जनचेतना आधारभूत विद्यालय भटिहनले शैक्षिक सत्र २०८२ का लागि बालविकास देखि कक्षा ७ सम्म भर्ना खुला गरेको छ। विद्यालय प्रशासनले सबै अभिभावक तथा सरोकारवालाहरुलाई समयमै आफ्ना बालबालिकाको नामांकन गराउनु हुन् हार्दिक अनुरोध गरेको छ।
विद्यालयले यस शैक्षिक सत्रदेखि बालविकास र कक्षा १ मा पूर्ण रूपमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयमा दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन-पाठन गरिने , कक्षाकोठाहरुमा स्मार्टबोर्ड लगायत श्रव्य दृष्य सामग्री जडान गरिएको प्रविधिमैत्री कक्षा सञ्चालन गर्दै आइरहेको प्रत्येक कक्षाकोठाहरुमा पंखा तथा खानेपानीको राम्रो व्यवस्थापन रहेको यस विद्यालयमा बालमैत्री तथा प्रविधिमैत्री यस विद्यालयमा व्यवहारिक ज्ञान सहितको वातावरणमा पठन पाठन हुने गरेकोले आफ्नो विद्यार्थी भर्ना गराई आफ्ना सन्तानको उज्ज्वल भविष्य निर्माणमा साथ दिन विद्यालय परिवारले सबैलाई आग्रह गरेको छ।
अधिक जानकारीका लागि विद्यालय प्रशासनसँग सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया